bank dev bank and finance reprot of second Q
बैंक बित्तिय संस्थाहरुको दोश्रो त्रैमासिक रिपोर्ट अनुसार अब्बल कम्पनीहरु, EBL, KSBBL, ICFC को अग्रता PRVU, NABBC, PROFL पुच्छारमा
Feb 6, 2024By Nepse Alpha
चालु आर्थिक वर्ष २०८०/८१ को दोश्रो त्रैमास सकिएसँगै नेपाल स्टक एक्सचेंजमा सूचीकृत कम्पनीहरुले त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरिरहेका छन्। संचालनमा रहेका बैंक वित्तिय संस्थाहरु मध्ये सबै "क", "ख" र "ग" वर्गका संस्थाहरुले पौष मसान्तको वित्तिय विवरण प्रकाशन गरिसकेका छन्।
त्रैमास वित्तिय विवरणको आधारमा बैंक वित्तिय संस्थाहरु मध्ये कुन कम्पनी आफ्नो समुहमा अब्बल देखिएका छन्, हेरौं नेप्सेमा सूचीकृत कम्पनीहरुको हालसम्मको वित्तिय विवरणको अवस्था:
वाणिज्य बैंक
वाणिज्य बैंकहरु मध्ये नेपाल सरकारको ९९.९७% स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक बाहेक १९ वाणिज्य बैंकहरु नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत रहेका छन्। र्याङ्किङ्गका लागि छानिएका वासलात र नाफा/नोक्सान हिसाबको प्रमुख वित्तिय सूचकहरुको आधार सहितको सूचीकृत वाणिज्य बैंकहरुको विवरण तल टेबलमा उल्लेख गरिएको छ।
वाणिज्य बैंकहरुको दोश्रो त्रैमासिक विवरण हेर्दा वित्तिय रुपमा एभरेष्ट बैंक (EBL) अब्बल देखिएको छ। अघिल्लो त्रैमासमा दोश्रो स्थानमा रहेको एभरेष्ट बैंकले यस त्रैमासमा आफुलाई अब्बल कायम राखेको छ। बैंकले रु. २१३.८६ अर्ब निक्षेप संकलन गरी रु. १७६.३६ अर्ब कर्जा प्रवाह गरेको छ। निक्षेप परिचालनमा अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा १८.२९% को वृद्धि रहेको छ भने कर्जा प्रवाह ६.४०% ले बढेको छ। पूंजी परिचालनको हिसाबले एभरेष्ट बैंकले गरेको निक्षेप संकलन दोश्रो धेरै रहेको छ। निक्षेप परिचालन र कर्जा प्रवाहमा बैंकको क्रमश ८.५५% र ८.९०% हिस्सा रहेको छ।
त्यसपश्च्यात, वाणिज्य बैंकहरुको र्याङ्किङ्ग (Ranking) मा दोश्रो नबिल बैंक (NABIL) रहेको छ। रु. २८.२५ अर्ब जगेडा तथा कोष रहेको बैंकले रु. ४२८.८३ अर्ब निक्षेप परिचालन गरी रु. ३७३.७३ अर्ब कर्जा विस्तार गरेको छ। निक्षेप परिचालन र कर्जा प्रवाहमा बैंकको क्रमश ४.२६% र ४.२०% हिस्सा रहेको छ। यस्तै, तेश्रो स्थानमा एनआइसी एशिया बैंक (NICA) रहेको छ। रु. १४.९१ अर्ब चुक्ता पूंजी रहेको बैंकले चालु आ. व. को दोश्रो त्रैमास सम्ममा रु. ३८१.२६ अर्ब निक्षेप संकलन गरी रु. ३०२.६७ अर्ब कर्जा प्रवाह गरेको छ। यसअघिसम्म एनआइसी एशिया बैंकले र्याङ्किङ्ग (Ranking) को हिसाबले प्रथम स्थानको वर्चस्व कायम गर्दै आएको थियो।
यसैगरी, रु. ११५.७० अर्ब निक्षेप संकलन गरी रु. ९१.३७ अर्ब कर्जा विस्तार गरेको स्ट्यान्डर्ड चाटर्ड बैंक (SCB) चौथो स्थानमा रहेको छ भने रु. २५८.१८ अर्ब निक्षेप संकलन गरी रु. १८६.७३ अर्ब कर्जा विस्तार गरेको नेपाल बैंक लिमिटेड (NBL) पांचौ स्थानमा रहेको छ।
त्यस्तै, वाणिज्य बैंकहरुको वित्तिय विवरण अनुसार तुलनात्मक रुपमा प्रभु बैंक (PRVU) कमजोर देखिएको छ। त्यसैगरी, सिटिजन्स बैंक (CZBIL), कुमारी बैंक लिमिटेड (KBL), लक्ष्मी सनराइज बैंक (LSL), नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (NIMB) पनि, क्रमश र्याङ्किङ्गमा तुलनात्मक रुपमा न्युन स्थानमा परेका छन।
त्यस्तै, आय आर्जनको हिसाबले भने नबिल बैंक अग्र स्थानमा रहेको छ। बैंकले दोश्रो त्रैमास सम्ममा रु. २३.८४ अर्ब व्याज आम्दानी गरेको छ जुन अघिल्लो आर्थिक बर्षको दोश्रो त्रैमासको तुलनामा १३२.७३% बढी रहेको छ। खुद नाफाको हिसाबले पनि नबिल बैंक अब्बल देखिएको छ। बैंकले ३.२० अर्ब खुद नाफा आर्जन गरेको छ जुन अघिल्लो आर्थिक बर्षको दोश्रो त्रैमासको तुलनामा १०३.८२% बढी रहेको छ। यसैगरी, अघिल्लो आर्थिक बर्षको यसै त्रैमासमा घाटामा रहेको कृषि विकास बैंक यसपाली भने १.३५ अर्ब खुद नाफामा रहेको छ।
बिकास बैंक :
कुल १६ वटा बिकास बैंक मध्ये र्याङ्किङ्गका हिसाबले यस त्रैमासमा कामना सेवा विकास बैंक (KSBBL) अब्बल देखिएको छ। कामना सेवा विकास बैंकले दोश्रो त्रैमाससम्म रु. ५६.२९ अर्ब निक्षेप संकलन गरी रु. ४७.१२ अर्ब कर्जा प्रवाह गरेको छ जुन अघिल्लो आ. व. को तुलनामा क्रमश १७.३२% र ५.२४% बढी रहेको छ। यस्तै, गरिमा बिकास बैंक (GBBL) दोश्रो स्थानमा रहेको छ। समिक्षा अवधिमा बैंकले रु. ७८.५७ अर्ब निक्षेप परिचालन गरी रु. ६८.४४ अर्ब कर्जा विस्तार गरेको छ जुन अघिल्लो आ. व. को तुलनामा क्रमश ९.१९% र ७.६२% बढी रहेको छ। त्यसैगरी, लुम्बिनी विकास बैंक (LBBL) तेश्रो स्थानमा रहेको छ। समिक्षा अवधिमा बैंकले रु. ५६.०८ अर्ब निक्षेप परिचालन गरी रु. ४६.७० अर्ब कर्जा विस्तार गरेको छ। यसअघिसम्म अग्र स्थान हासिल गर्दै आएको मुक्तिनाथ बिकास बैंक (MNBBL) चौथो स्थानमा रहेको छ भने पांचौ स्थानमा सिन्धु बिकास बैंक (SINDU) रहेको छ।
यस्तै, ३ जिल्लामा कारोबार गर्ने नारायणी डेभलपमेण्ट बैंक (NABBC) र्याङ्किङ्गको तल्लो बिन्दुमा रहेको छ। जगेडा कोष रु. १८.५ करोडले ऋणात्मक रहेको बैंकले दोश्रो त्रैमास सम्ममा रु. ५२.५२ करोड निक्षेप परिचालन गरी रु. ३४.७१ करोड कर्जा विस्तार गरेको छ। यस्तै, तुलनात्मक रुपले जिल्ला स्तरमा कारोबार गर्ने सप्तकोशी डेभलपमेण्ट बैंक (SAPDBL), ग्रीन डेभलपमेण्ट बैंक (GRDBL), एक्सेल डेलभपमेन्ट बैंक (EDBL) र ज्योती बिकास बैंक (JBBL) क्रमस कमजोर देखिएका छन्।
यस्तै, आय आर्जनको हिसावले कर्पोरेट डेभलपमेन्ट बैंकले ब्याज आम्दानीमा गत आर्थिक बर्षको तुलनामा १९.३०% को वृद्धि गरेको छ जुन अन्य बैंकको तुलनामा धेरै देखिन्छ तर रकमको हिसाबले भने ब्याज आम्दानी मुक्तिनाथ बिकास बैंककै बढी रहेको छ।
त्यस्तै, खुद नाफामा भने सिन्धु बिकास बैंक, कामना सेवा विकास बैंक, कर्णाली डेभलपमेण्ट बैंक, ज्योती बिकास बैंक, र ग्रीन डेभलपमेण्ट बैंकले आक्रामक उछाल लिगेका छन्। अघिल्लो आर्थिक बर्षको सोहि त्रैमासमा घाटामा रहेको सिन्धु बिकास बैंक यसपाली २.५१ करोडले नाफामा रहेको छ। त्यसैगरी, गत आर्थिक बर्षको दोश्रो त्रैमासको तुलनामा कामना सेवा विकास बैंक, कर्णाली डेभलपमेण्ट बैंक, ज्योती बिकास बैंक, र ग्रीन डेभलपमेण्ट बैंकले क्रमश; ३२.१९%, १९२.१६%, १९०.६७, ३४५.४१% ले खुद नाफामा वृद्धि गरेका छन्।
अत्याधिक नाफा कमाउने बैंकमा भने मुक्तिनाथ बिकास बैंकनै अगाडि रहेको छ, यद्द्पी बैंकको खुद नाफा गत आर्थिक बर्षको तुलनामा ३२.९३% ले घटेको छ। त्यस्तै, नारायणी डेभलपमेण्ट बैंक, सप्तकोशी डेभलपमेण्ट बैंक र एक्सेल डेलभपमेन्ट बैंक भने घाटामा रहेका छन्।
फाइनान्स कम्पनी :
आर्थिक वर्ष २०८०/८१ को दोश्रो त्रैमासको वित्तिय विवरण प्रकाशित गर्ने १५ वित्त कम्पनीहरु मध्ये र्याङ्किङ्गका हिसाबले यस त्रैमासमा आइसिएफसी फाइनान्स (ICFC)) प्रमुख वित्तिय स्थितिको हिसाबले अब्बल देखिएको छ। फाइनान्सले रु. १४.१५ अर्ब निक्षेप संकलन गरी रु. १३.४२ अर्ब कर्जा प्रवाह गरेको छ। निक्षेप संकलन र कर्जा प्रवाह अघिल्लो आर्थिक बर्षको तुलनामा क्रमश ३०.७३% र २६.६३% ले बढेको छ।
फाइनान्स कम्पनीहरुमा दोश्रो रहेको आइसिएफसी फाइनान्स (ICFC) ले रु. १८.२८ अर्ब निक्षेप संकलन गरी रु. १४.३२ अर्ब कर्जा प्रवाह गरेको छ जुन अघिल्लो आ. व. को सोही अवधिको तुलनामा क्रमश २.८५% कम र ०.४१% बढी रहेको छ। यस्तै, रु. ८.२६ अर्ब निक्षेप संकलन गरी रु. ६.४६ अर्ब कर्जा प्रवाह गरेको गोर्खाज फाइनान्स (GUFL) तेश्रो स्थानमा रहेको छ। त्यस्तै, मल्टीपर्पस फाइनान्स (MPFL) र श्री गुडविल फाइनान्स (GFCL) र्याङ्किङ्गको क्रमश चैथो र पांचौ स्थानमा कायम रहेका छन्।
आम्दानीको तुलानामा रु. ५.५८ करोड व्याज आन्दानी गरेको मल्टीपर्पस फाइनान्स (MPFL) ले गत आर्थिक बर्षको तुलनामा ब्याज आम्दानीमा २६.५८% को वृद्धि गरेको सँगै अग्र स्थान हासिल गरेको छ। त्यसैगरी, रकमको आधारमा आइसिएफसी फाइनान्सले रु १.२० अर्बको उच्च ब्याज आम्दानी गरेको छ तर सो आम्दानी गत आर्थिक बर्षको तुलनामा भने ८.४५% ले कम रहेको छ।
खुद नाफाको तुलना गर्दा मल्टीपर्पस फाइनान्स र गोर्खाज फाइनान्सले गत आर्थिक बर्षको तुलनामा क्रमश; ३८२.४८% र ८१.०८% को आक्रामक उछाल लिगेका छन्। त्यसैगरी, गोर्खाज फाइनान्सले रु १२.१६ करोड नाफा कमाउदै सर्वाधिक नाफा कमाउने फाइनान्स कम्पनीको सुचीमा परेको छ।
दोश्रो त्रैमासको वित्तिय विवरण प्रस्तुत गरेका कुल १५ वटा फाइनान्स कम्पनीको विवरण अनुसार, प्रोग्रेशिभ फाइनान्स (PROFL), समृद्धि फाइनान्स (SFCL), रिलायन्स फाइनान्स (RLFL), नेपाल फाइनान्स (NFS) र जानकी फाइनान्स (JFL) र्याङ्किङ्गका हिसाबले क्रमश न्युन स्थानमा रहेका छन्। त्यस्तै, गुहेश्वरी मर्चेंण्ट बैंकिङ्ग एण्ड फाइनान्स(GMFIL), सेन्ट्रल फाईनान्स (CFCL), प्रोग्रेशिभ फाइनान्स (PROFL), समृद्धि फाइनान्स (SFCL) र रिलायन्स फाइनान्स (RLFL) भने घाटामा रहेका छन्।
Comments
Post a Comment