Posts

हिजोका ‘घोडा कम्पनी’ आज गधा भए, ट्रेडरको रजगजले मार्केट ट्रेण्डमै परिवर्तन

-प्रेम वली नेपाल शेयर बजारमा नयाँ कम्पनीहरुको आगमन भइरहेको छ । नयाँ लगानीकर्ता थपिने गति पनि उस्तै छ । यसले बजारको आकार ठूलो बन्दै गएको देखाउँछ भने लगानीकर्ताको बढ्दो आकर्षण पनि । बजारको साइज ठूलो हुँदै जानु र लगानीकर्ता पनि थपिनु समग्र सेयर बजारका लागि सकारात्मक पक्ष हो । दिनप्रतिदिन हाम्रो बजार पनि आधुनिक हुँदै गइरहेको छ । बजारमा अनलाइन कारोबारको सुरुवात भएको धेरै भइसक्यो । योसँगै लगानी गर्ने प्रवृति पनि परिवर्तन हुन थालेको छ । पहिले–पहिले मध्यकालीन र दीर्घकालीन लगानीकर्ता बजारमा हाबी हुन्थे भने अहिले दैनिक कारोबारीहरु हाबी हुन थालेका छन् । लगानीकर्ताभन्दा कारोबारीहरुको संख्या निकै बढ्दै गएको देखिन्छ । हुँदा–हुँदा लामो समयदेखि बजारमा दीर्घकालीन लगानीकर्ताको परिचय बनाएकाहरुले पनि आफूसँग भएको लगानीको केही न केही हिस्सा प्रयोग गरेर कारोबार(ट्रेडिङ) गर्न थालेका छन् । ट्रेडिङ(कारोबार) भनेको के हो ? कति लगानीकर्तालाई ट्रेडिङबारे स्पष्ट नहुन पनि सक्छ । छोटो समयमा लगानी गरेर नाफा बुक गर्नुलाई ट्रेडिङ भन्ने गरिन्छ । लगानीकर्ताले थोरै समय अलिकति फाइदा हुनेबित्तिकै आफूसँग भएको सेयर बेचेर ...

सकारात्मक लयमा आर्थिक र वित्तीय सूचक, मूल्यवृद्धि वाञ्छित सीमाभित्र कायम

चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा अधिकांश आर्थिक तथा वित्तीय सूचकहरु सकारात्मक देखिएका छन् । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको सुरुआती छ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार आर्थिक तथा वित्तीय सूचकले सुधारको लय समातेको देखिएको हो । गत पुस महिनासम्ममा विप्रेषण आप्रवाह २५ दशमलव तीन प्रतिशतले बढेर रु सात खर्ब ३३ अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४ दशमलव ३ प्रतिशतले बढेको थियो । यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या दुई लाख सात हजार नौ सय ७० र पुनःश्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ३५ हजार चार सय ३५ रहेको छ । यो अवधिसम्ममा शोधनान्तर स्थिति रु दुई खर्ब ७३ अर्ब ५२ करोडले बचतमा छ । कूल विदेशी विनिमय सञ्चिति रु १८ खर्ब १६ अर्ब ५७ करोड पुगेको छ । सरकारको खर्च रु पाँच पाँच खर्ब ६६ अर्ब ६२ करोड र राजस्व परिचालन रु चार खर्ब ९६ अर्ब ५० करोड रहेको छ । राष्ट्र बैंकको तथ्याङ्कअनुसार विस्तृत मुद्राप्रदाय ...

bank dev bank and finance reprot of second Q

बैंक बित्तिय संस्थाहरुको दोश्रो त्रैमासिक रिपोर्ट अनुसार अब्बल कम्पनीहरु, EBL, KSBBL, ICFC को अग्रता PRVU, NABBC, PROFL पुच्छारमा Feb 6, 2024By Nepse Alpha चालु आर्थिक वर्ष २०८०/८१ को दोश्रो त्रैमास सकिएसँगै नेपाल स्टक एक्सचेंजमा सूचीकृत कम्पनीहरुले त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरिरहेका छन्। संचालनमा रहेका बैंक वित्तिय संस्थाहरु मध्ये सबै "क", "ख" र "ग" वर्गका संस्थाहरुले पौष मसान्तको वित्तिय विवरण प्रकाशन गरिसकेका छन्। त्रैमास वित्तिय विवरणको आधारमा बैंक वित्तिय संस्थाहरु मध्ये कुन कम्पनी आफ्नो समुहमा अब्बल देखिएका छन्, हेरौं नेप्सेमा सूचीकृत कम्पनीहरुको हालसम्मको वित्तिय विवरणको अवस्था: वाणिज्य बैंक वाणिज्य बैंकहरु मध्ये नेपाल सरकारको ९९.९७% स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक बाहेक १९ वाणिज्य बैंकहरु नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत रहेका छन्। र्याङ्किङ्गका लागि छानिएका वासलात र नाफा/नोक्सान हिसाबको प्रमुख वित्तिय सूचकहरुको आधार सहितको सूचीकृत वाणिज्य बैंकहरुको विवरण तल टेबलमा उल्लेख गरिएको छ। वाणिज्य बैंकहरुको दोश्रो त्रैमासिक वि...

कस्तो छ देशको वर्तमान आर्थिक अवस्था ?

https://clickmandu.com/2024/02/292256.html आर्थिक वर्ष २०८०/०८१ को ६ महिनाको तथ्यांकमा आधारित वित्तीय स्थिति अनुसार ७ खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । लु आर्थिक वर्षको ६ महिनाको अवधिमा रेमिट्यान्स २५.३ प्रतिशतले वृद्धि भइ ७ खर्ब ३३ अर्ब २२ करोड भित्रिएको हो । गत वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २४.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २२.६ प्रतिशतले वृद्धि भइ ५ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो । त्यस्तै, वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ७ हजार ९७० र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ३५ हजार ४३५ रहेको छ । विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य सुधार देशमा विदेशी मुद्रा (डलर) सञ्चितिमा उल्लेख्य सुधार आएको छ । घट्दो आयातका कारण विदेशी मुद्राको सञ्चिति बढेको हो । केन्द्रीय बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कुल विदेशी बिनिमय सञ्चिति १८ खर्ब १६ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा बिदेशी बिनिमय सञ्च...

अर्थतन्त्रका सूचक सकारात्मक छन्, नेपालमा लगानी बढ्दैछः अर्थमन्त्री

सोमबार, ०४ मङ्सिर २०८०, १३ : ४४ काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ मा सबैभन्दा धेरै विदेशी पर्यटकले नेपाल भ्रमण गर्ने दाबी गरेका छन् । सोमवार काँग्रेस पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नेपालमा लगानी बिस्तरै बढ्दै गइरहेको बताए ।

अर्थतन्त्रका सूचकहरु भनेको के के हुन ? मङ्गलबार, ०६ जेठ २०७७ अर्थतन्त्रका सूचकहरु(यस्तो छ देशको अर्थतन्त्र : अधिकांश सूचक कमजोर )

Image
कोभिड–१९ का कारण विश्व अर्थतन्त्र नै यतिबेला नराम्ररी प्रभावित छ । कोरोनाका कारण नेपालमा भएको लकडाउनले आर्थिक गतिविध हुन सकेको छैन । जसले अर्थतन्त्रका सबै अवयवहरु प्रभावित बनेको छ । समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य लिएर अघि बढेको सरकारलाई कोरोनाका कारण धक्का लागेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रममै उल्लेख गरिसकेकी छन् ।

बजार बढ्ने कारण

१) अर्थतन्त्रका सूचकहरुमा सुधार भइरहेको छ । २) रेमिटेन्स बढेको छ । ३) शोधनान्तर अवस्था राम्रो छ । ४) ब्याजदर घट्दोक्रममा छ । ५) तरलता सहज अवस्थामा छ । ६) बजारले लामो वियरिस साइकल पनि पार गरेको छ । ७) नयाँ ब्रोकरहरु थपिएका छन् ८) चालु खाता सकारात्मक देखिएको छ । ९) बिदेशी मुद्राको अवस्था झन मजबुद बन्दै गएको छ् । १० ) नितिगत सुधार क्रमश हुँदै गएकोछ ।