Grambel's value to Nepali banks
https://nepalipaisa.com/news-detail/62887 लगाउने सूत्र : यसै सूत्रलाई प्रयोग गरेर वाणिज्य बैंकहरुको ग्राहम नम्बर निकालिएको छ । सेयर बजारको विश्लेषण गर्ने सफ्टवेयर स्मार्ट वेल्थ प्रो का अनुसार वाणिज्य बैंक मध्येको सबै भन्दा महँगो एनआइसी एसियाको ग्राहम नम्बर ४८१.७० छ । आज मंगलबार यसको बजार भाउ ७८७ रुपैयाँ ५० पैसा रहेको छ । यसर्थ, यस बैंकको सेयर ग्राहम नम्बर अनुसार ३०५ रुपैयाँ ८० पैसाले ओभर भ्याल्यू छ । त्यसैगरी, नबिलको २२३ रुपैयाँ ४१ पैसा, स्टान्डर्ड चार्टर्डको १३० रुपैयाँ ७२ पैसा, एभरेष्टको १९३ रुपैयाँ ९७ पैसाले सेयर ओभर भ्याल्यू रहेको छ । यता, लक्ष्मी सनराइज बैंकको सेयर ९५ रुपैयाँ २८ पैसा अन्डर भ्याल्यू रहेको देखिएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ७० रुपैयाँ ४८ पैसा, ग्लोबल आइएमईको ६६ रुपैयाँ ८० पैसाले बजार भाउ अन्डर भ्याल्यू रहेको देखिएको छ ।