हिजोका ‘घोडा कम्पनी’ आज गधा भए, ट्रेडरको रजगजले मार्केट ट्रेण्डमै परिवर्तन
-प्रेम वली नेपाल शेयर बजारमा नयाँ कम्पनीहरुको आगमन भइरहेको छ । नयाँ लगानीकर्ता थपिने गति पनि उस्तै छ । यसले बजारको आकार ठूलो बन्दै गएको देखाउँछ भने लगानीकर्ताको बढ्दो आकर्षण पनि । बजारको साइज ठूलो हुँदै जानु र लगानीकर्ता पनि थपिनु समग्र सेयर बजारका लागि सकारात्मक पक्ष हो । दिनप्रतिदिन हाम्रो बजार पनि आधुनिक हुँदै गइरहेको छ । बजारमा अनलाइन कारोबारको सुरुवात भएको धेरै भइसक्यो । योसँगै लगानी गर्ने प्रवृति पनि परिवर्तन हुन थालेको छ । पहिले–पहिले मध्यकालीन र दीर्घकालीन लगानीकर्ता बजारमा हाबी हुन्थे भने अहिले दैनिक कारोबारीहरु हाबी हुन थालेका छन् । लगानीकर्ताभन्दा कारोबारीहरुको संख्या निकै बढ्दै गएको देखिन्छ । हुँदा–हुँदा लामो समयदेखि बजारमा दीर्घकालीन लगानीकर्ताको परिचय बनाएकाहरुले पनि आफूसँग भएको लगानीको केही न केही हिस्सा प्रयोग गरेर कारोबार(ट्रेडिङ) गर्न थालेका छन् । ट्रेडिङ(कारोबार) भनेको के हो ? कति लगानीकर्तालाई ट्रेडिङबारे स्पष्ट नहुन पनि सक्छ । छोटो समयमा लगानी गरेर नाफा बुक गर्नुलाई ट्रेडिङ भन्ने गरिन्छ । लगानीकर्ताले थोरै समय अलिकति फाइदा हुनेबित्तिकै आफूसँग भएको सेयर बेचेर ...