काठमाडौं : सेयर लगानीकर्ताका लागि जुलाई र अगस्ट महिना निकै सुखद् सबित हुँदै आएको छ । बजारको इतिहासलाई हेर्दा प्रायः यो २ महिनामा नेप्से सूचक निकै बढेको देखिन्छ । २३ वटा जुलाई–अगस्ट महिनामध्ये १६ पटक बजार बढेको देखिएको छ । यही बेला नेपाली नयाँ आर्थिक वर्ष सुरुवात पनि हुने गर्छ । नयाँ आर्थिक वर्ष लागेसँगै कम्पनीहरुले गत वर्षको वित्तीय रिपोर्ट सार्वजनिक गर्न थाल्छन् । त्यसपछि क्रमशः उनीहरुले लाभांश प्रस्ताव गर्न सुरु गर्छन् । यसका साथै, बैंकहरुले नयाँ कर्जा परिचालन पनि तीब्र पार्छन् । लगानीकर्तासँग तरलता सहज हुने भएकाले बजारले गति लिने गरेको जानकारहरु बताउँछन् ।प्राविधिक विश्लेषक सुवास चन्द्र ढुंगाना जुलाई र अगस्ट महिनालाई गोल्डेन मंन्थका रुपमा चिनिने गरेको बताउँछन् । उनले भने, ‘यी दुई महिना सूचीकृत कम्पनीहरुको चौथो त्रैमासको रिपोर्ट आउने समय हो । त्यसैले स्मार्ट मनिहरु, जसको पहुँच पनि छ, उनीहरुले सूचना लिक गर्न पनि सक्छन् । त्यो हिसाबले रिपोर्ट कस्तो आउँछ भन्ने अनुमान पनि लगाइएको हुन्छ । यो सयम सेयर किन्ने भनेको गत वर्षको लाभांश खानलाई पनि हो।’ त्यसो त, अब विस्तारै सूचीकृत कम्पनी तथा म्...
Comments
Post a Comment