करोडौँको उधारो सेयर खरिदमार्फत ‘इन्साइडर ट्रेडिङ’
महिनौँसम्म सेयर उधारोमा खरिद गर्ने र नाफा बुक नभएसम्म होल्ड गर्ने साथै नाफा आएपछि उधारोमै बिक्री गरेर सोही पैसामार्फत सेटलमेन्ट गर्ने गरेका छन्। काठमाडौ- सेयर बजारमा साधारण सेयर (आईपीओ) मात्रै होइन घरमै बसेर दोस्रो बजारमै कारोबार गर्नेको संख्या पनि बढ्दो छ। सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार डिम्याट खाता नै हालसम्म ६० लाख ७६ हजार ४ सय ७१ वटा पुगेको छ भने मेरो सेयरको खाता ५१ लाख २८ हजार ७ सय ६१ छ। मेरो सेयरको सक्रिय खाता नै ३६ लाख २४ हजार ३ सय २० छ। लाखौँ लगानीकर्ता दोस्रो बजारमै सक्रिय छन्। टीएमएस खाता खोलेर दोस्रो बजारमार्फत नै १५ लाखभन्दा बढी लगानीकर्ता खरिदबिक्रीमा सक्रिय हुने गरेको तथ्यांक छ। लगानीका हिसाबले जोखिमपूर्ण र चनाखो हुनुपर्ने दोस्रो बजारमा साना लगानीकर्ता भने सधैँ पेलानमा पर्दछन्। ब्रोकर कम्पनीदेखि नियामकको ध्यान पनि ठूलालाई भन्दा सानातर्फ केन्द्रित हुन्छ। ब्रोकर र ठूला लगानीकर्ताको मिलोमतोमा कानून र नियमको धज्जी उडाउने काम पटक पटक हुँदै आएको छ। नेपाल धितोपत्र बोर्डको नियमन कमजोर हुनाले बारम्बर इन्साइडर ट्रेडिङमार्फत साना लगानीकर्ता फस्दै आएका सयौँ उदाहरण छन्। इन्स...