Posts

Showing posts from August, 2023

मर्जरमा गएर पनि पुँजी पुर्‍याउन नसकेका बीमा कम्पनीलाई धमाधम हकप्रद अनुमति, अरुको के हुन्छ ?

Image
काठमाडौं । मर्जरका लागि तोकिएको अवधिमा पुँजी नपुर्‍याउने कम्पनीलाई नेपाल बीमा प्राधिकरणले हकप्रद सेयर निष्कासनको अनुमति दिने भएको छ । २०७८ चैत १० गते बीमा कम्पनीहरुको चुक्ता पुँजी बढाउने निर्णय गरेको प्राधिकरण सुरुमा मर्जरमा केन्द्रित भए पनि अन्तत: हकप्रदकै सुविधा दिनुपर्ने अवस्थामा पुगेको हो भदौ ६ गते बसेको प्राधिकरण सञ्चालक समिति बैठकले ८ वटा बीमा कम्पनीलाई हकप्रद सेयर निष्कासनको अनुमति प्रदान गर्ने निर्णय गरेको छ । मर्जरमा गएर पनि पुँजी पुर्‍याउन नसकेका कम्पनीलाई हकप्रदको अनुमति दिइएको हो । प्राधिकरण सञ्चालक समितिको निर्णयअनुसार २०७९ चैत मसान्तभित्र जीवन बीमा कम्पनीले ५ अर्ब र निर्जीवन बीमा कम्पनीले साढे २ अर्ब चुक्ता पुँजी पुर्‍याउनुपर्ने थियो । तर, तोकिएको अवधिमा जीवन र निर्जीवन गरी ४ बिमा कम्पनीले मात्र पुँजी पुर्‍याए । हाल सञ्चालनमा रहेका २८ मध्ये निर्जीवनतर्फ शिखर, सिद्धार्थ प्रिमियर र सगरमाथा लुम्बिनीले मात्र पुँजी पुर्‍याएका थिए भने जीवनतर्फ नेपाल लाइफले मात्र पुर्‍याएको थियो । गत असारसम्ममा जीवनतर्फ नेसनल लाइफ र हिमालयन लाइफ थपिए भने निर्जीवनतर्फ आईजीआई प्रुडेन्सियल थपियो...

आर्थिक वर्षको पहिलो महिनामा निर्जीवन बिमा कम्पनीहरुको बिमा शुल्क ३ अर्ब ९८ करोड, कुनको कति ?

Image
https://nepalipaisa.com/news-detail/62855 काठमाडौं : निर्जीवन बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउन मसान्तसम्ममा करिब ४ अर्ब रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन् । नेपाल बिमा प्राधिकरणको साउन मसान्तसम्मको तथ्यांक अनुसार २ वटा लघुबिमा कम्पनीसहित १६ वटा निर्जीवन बिमा कम्पनीहरुले कुल ३ अर्ब ९८ करोड ५९ लाख ४७ हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेका हुन् । जसमध्ये २ वटा लघु निर्जीवन बिमा कम्पनीले ९५ हजार रुपैयाँ मात्रा बिमा शुल्क आर्जन गरेका छन् । यस अवधिमा सगरमाथा लुम्बिनीले सबैभन्दा धेरै ५५ करोड १५ लाख ७० हजार रुपैयाँ बिमा शुल्क आम्दानी गरेको छ । त्यसपछि, सिद्धार्थ प्रिमियर इन्सुरेन्सले ४२ करोड ५० लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । त्यसैगरी, अन्य १० वटा निर्जीवन बिमा कम्पनीहरुको खुद बिमा शुल्क पनि २० करोड रुपैयाँ भन्दा माथि रहेको छ ।चालु आर्थिक वर्षको एक महिनाको अवधिमा निर्जीवन बिमा कम्पनीले २ लाख १३ हजार ८०३ वटा बिमा लेख जारी गरेका छन् भने २ वटा लघु निर्जीवन बिमा कम्पनीले २५ वटा मात्र बिमा लेख जारी गरेका छन् । सबैभन्दा धेरै सिद्धार्थ प्रिमियर इन्सुरेन्सले २७ हजार १८४...

Nepse Chart breaking HL3

Image

Share bazar analysis

Image