मौद्रिक नीतिमा लचकतापछि यसरी बढ्न थाल्यो सेयर धितो कर्जा
nepalipaisanepalipaisa नेपाली पैसाकाठमाडौं : पछिल्लो ४ महिनामा सेयर धितो कर्जा ४ अर्ब ८४ करोड रुपैयाँले बढेको छ । गत साउन महिनादेखि सेयर धितो कर्जा क्रमशः बढ्न थालेको हो । गत आर्थिक वर्षको असार मसान्तसम्म ७६ अर्ब ३० करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको थियो । तर चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म आइपुग्दा सेयर धितो कर्जा ६.४ प्रतिशतले बढेर ८१ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत केही लचिलो व्यवस्था लागू गरेको थियो । फलस्वरुपः साउनदेखि सेयर कर्जा केही बढेको हो । साउनमा जारी मौद्रिक नीतिमा ५० लाखसम्मको सेयर धितो कर्जामा जोखिमभार १०० प्रतिशतमात्र गरिएको हो । यसकारण साउनदेखि नै सेयर धितो कर्जा वृद्धि हुन थालेको हो । यता, मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै ५० लाखमाथिको सेयर धितो कर्जामा पनि केही सहज नीति लिइएको छ । समीक्षामार्फत ५० लाखभन्दा बढीको कर्जाको जोखिमभार १५० बाट घटाएर १२५ प्रतिशतमा झारिएको छ । यसले सेयर कर्जा आगामी दिनमा थप वृद्धि हुने अपेक्षा लगानीकर्ताको रहेको छ । यस्तै, सेयर धितो कर्जाको सीमा पनि १२ करोडबाट बढाए...