करोडौँको उधारो सेयर खरिदमार्फत ‘इन्साइडर ट्रेडिङ’

महिनौँसम्म सेयर उधारोमा खरिद गर्ने र नाफा बुक नभएसम्म होल्ड गर्ने साथै नाफा आएपछि उधारोमै बिक्री गरेर सोही पैसामार्फत सेटलमेन्ट गर्ने गरेका छन्। काठमाडौ- सेयर बजारमा साधारण सेयर (आईपीओ) मात्रै होइन घरमै बसेर दोस्रो बजारमै कारोबार गर्नेको संख्या पनि बढ्दो छ। सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार डिम्याट खाता नै हालसम्म ६० लाख ७६ हजार ४ सय ७१ वटा पुगेको छ भने मेरो सेयरको खाता ५१ लाख २८ हजार ७ सय ६१ छ। मेरो सेयरको सक्रिय खाता नै ३६ लाख २४ हजार ३ सय २० छ। लाखौँ लगानीकर्ता दोस्रो बजारमै सक्रिय छन्। टीएमएस खाता खोलेर दोस्रो बजारमार्फत नै १५ लाखभन्दा बढी लगानीकर्ता खरिदबिक्रीमा सक्रिय हुने गरेको तथ्यांक छ। लगानीका हिसाबले जोखिमपूर्ण र चनाखो हुनुपर्ने दोस्रो बजारमा साना लगानीकर्ता भने सधैँ पेलानमा पर्दछन्। ब्रोकर कम्पनीदेखि नियामकको ध्यान पनि ठूलालाई भन्दा सानातर्फ केन्द्रित हुन्छ। ब्रोकर र ठूला लगानीकर्ताको मिलोमतोमा कानून र नियमको धज्जी उडाउने काम पटक पटक हुँदै आएको छ। नेपाल धितोपत्र बोर्डको नियमन कमजोर हुनाले बारम्बर इन्साइडर ट्रेडिङमार्फत साना लगानीकर्ता फस्दै आएका सयौँ उदाहरण छन्। इन्साइडर ट्रेडिङका लागि पछिल्लो समय लगानीकर्ता र ब्रोकरहरूले उधारो सेयर खरिद बिक्रीलाई अस्त्रको रुपमा प्रयोग गर्न थालेको पाइएको छ। नेपाल धितोपत्र बोर्डको नियमन कमजोर हुनाले बारम्बर इन्साइडर ट्रेडिङमार्फत साना लगानीकर्ता फस्दै आएका सयौँ उदाहरण छन्। इन्साइडर ट्रेडिङका लागि पछिल्लो समय लगानीकर्ता र ब्रोकरहरूले उधारो सेयर खरिद बिक्रीलाई अस्त्रको रुपमा प्रयोग गर्न थालेको पाइएको छ। महिनौँसम्म सेयर उधारोमा खरिद गर्ने र नाफा बुक नभएसम्म होल्ड गर्ने साथै नाफा आएपछि उधारोमै बिक्री गरेर सोही पैसामार्फत सेटलमेन्ट गर्ने गरेका छन्। जब कि दुई दिनभित्र राफसाफ गर्नुपर्ने नियम छ। साना लगानीकर्ताबाट आएको पैसालाई आलोपालो होल्ड गर्ने र ठूलालाई उधारोमा सेयर दिने गर्ने गरेका छन्। उधारो सेयरमार्फत ‘इन्साइडर ट्रेडिङ’ सेयर बजारमा ठूला लगानीकर्ता र ब्रोकर कम्पनीले नै उधारोमा सेयर खरिद गरेर बजारमा अस्थिरता ल्याउने गरेको पाइएको छ। लगानीकर्तालाई ब्रोकर कम्पनीकै मिलोमतोमा करोडौँको लिमिट दिने गरेका छन्। लिमिट दिनेमात्रै नभएर करोडौँ रुपैयाँको कारोबार महिनौँसम्म उधारोमा समेत दिने गरेका छन्। खासगरी ठूला लगानीकर्ताले उधारोमा ठूलो संख्यामा सेयर खरिद गर्ने गरेका छन्। साना कम्पनीको ठूलो संख्यामा सेयर अर्डर लिएर खरिद गर्ने र सोही कम्पनीको सेयर नाफा बुक गरेर बिक्री गरेपछि मात्रै सेटलमेन्ट प्रक्रियामा लैजाने गरेका छन्। जसका कारण सेयर बजारमा छिटोछिटो उतारचढाव ल्याउने गरेका छन्। अहिले नेपाल स्टक एक्स्चेन्जमा २ सय ४९ कम्पनीको सेयर सूचीकृत छ। जसमा हरेक दिन २ सयभन्दा बढी कम्पनीको कारोबार हुन्छ। ८५ ब्रोकर कम्पनीमार्फत हुने कारोबारमा दैनिक दोस्रो बजारमा १५ लाखभन्दा बढी साना र ठूला लगानीकर्ता कारोबारमा सक्रिय हुने गरेका छन्। ८५ वटा ब्रोकर कम्पनीमा काम गर्ने सयौँ कर्मचारीहरूले पनि अर्को ब्रोकरमार्फत सेयर कारोबार उधारोमा गर्ने गरेका छन्। साना र मझौला लगानीकर्ताको २ दिनमा सेटलमेन्ट नगर्नेलाई जरिबाना गर्ने गर्दछन् तर ठूला लगानीकर्ताहरू र ब्रोकरका कर्मचारीहरूले महिनौँसम्म मात्रै होइन २०७८ सालमै खरिद गरेको सेयरसमेत अहिले सेटलमेन्ट नगर्ने गरेको पाइएको छ। एक ब्रोकर कम्पनीका उच्च नेतृत्वका अनुसार विगतको बुल बजारमा किनेका करौडौँको सेयरमा घाटा भएपछि सेटलमेन्ट नगरी होल्डमा राखेका छन्। जुन बजार बढेपछि मात्रै बिक्री गर्ने गरी होल्डमा छ। जब कि साना लगानीकर्ताहरूले दुई दिनभित्र सेटलेमन्ट नगरेमा सेयर रोक्का तथा जरिबाना गरिन्छ। यता उधारोमा सेयर खरिद गर्नेले महिनौँ मात्रै नभएर वर्षौंसम्म पनि सेटलमेन्ट नगर्ने गरेको पाइएको छ। स्रोतका अनुसार ठूूला लगानीकर्ताले करोडौँको सेयर महिनौँसम्म उधारो खरिद गर्ने र नाफा बुक गरेर मात्रै सेटलमेन्ट गर्ने गरेका छन्। जसका कारण सेयर बजारमा एउटै पैसाको चेन घुमेर बस्दा उतारचढाव चाँडोचाँडो देखिएको छ। ब्रोकर र ब्रोकरमा कार्यरत कर्मचारीहरूले सेयर आफ्नो कम्पनीमार्फत कारोबार गर्न पाउँदैनन् तर अन्य ब्रोकरमा उधारोमा खरिद गर्ने र बजार नबढेसम्म सेटलमेन्ट नगरी फाइदा लिने र साना लगानीकताई भने भुक्तानीमा होल्ड गर्ने गरेका छन्। स्टक ब्रोकर एसोसिएनका अध्यक्ष धर्म सापकोटा कतिपयलाई ब्रोकर आफैले लगानीकर्ताको रेटिङ गरेर दिने गरेको तर पूरै सबै उधारो भने नभएको दाबी गर्दछन्। ब्रोकर कतिपय विषय सेटलमेन्टमा आउने गरेको भने अध्यक्ष सापकोटाले स्वीकारेका छन्। ‘कतिपयले उधारोमा खरिद गर्ने तर लामो समयसम्म होल्ड गर्ने गरेका छन्,’ सापाकोटाले भने। यता कर्मचारी र ब्रोकरलाई आफ्नो कम्पनीमा कारोबार गर्न नदिने व्यवस्था नै गलत भएको सापकोटाले बताए। ‘अर्कोमा जाने गरेका छन्, जसमा के कसरी कारोबार हुन्छ? नेप्सेले छानबीन गर्नुपर्दछ,’ सापकोटाले भने। अधिकांश खरिद उधारोमा पछिल्लो समय दैनिक ५ अर्बभन्दा बढीको कारोबार भइरहेको छ। बुधबार पनि सेयर बजारमा ५ अर्ब १३ करोडको कारोबार भएको छ। जसमा खरिद हुने नियमअनुसार २५ प्रतिशतको डिपोजिटले ७५ प्रतिशत बढी खरिद गर्न पाइने व्यवस्था छ। ब्रोकर कम्पनीहरूले आफूखुसी लिमिट दिने र खरिद गर्न लगाएर सेयर होल्ड गर्न लगाउने साथै पछि सप्लाइ कम गराएर सेयर बढाउँदै सोही सेयर बिक्री गरेर सेटलमेन्ट गर्ने काम लामो समयदेखि हुँदै आएको छ। जुन धितोपत्र बजारको नियमविपरित हो। जसमा अधिकांश साना कम्पनीको सेयर होल्ड गर्ने र सप्लाइ कम गराउनेगरी इन्साइडर ट्रेडिङ गर्ने गरेका छन्।

Comments

Popular posts from this blog

जुलाई–अगस्ट सेयर बजारका लागि गोल्डेन समय नै हो त ? विगतमा नेप्सेले प्रायः यही बेला टप लगायो