मौद्रिक नीतिमा लचकतापछि यो साता नेप्सेमा १४१ अंकको सुधार, चार दिन बढ्यो सूचक

काठमाडौं। साताको अन्तिम कारोबार दिन पनि सेयर बजारमा वृद्धिले निरन्तरता पाएको छ। बिहिबार नेप्से परिसूचक ६.५५ अंकले बढेर १९९४.६० बिन्दुमा पुगेको छ। मौद्रिक नीतिमा लचकता अपनाइएपछि यो साता नेप्से ४ दिन बढ्यो। आइतबार १११ अंकको छलाङ मारेको नेप्सेमा भोलिपल्ट १५ अंकको सामान्य करेक्सन आएको थियो। त्यसपछि तीनै दिन नेप्से उकालो लागेको हो। यो साता नेप्से १४१ अंकले बढेको छ। नेपाल राष्ट्र बैंकले गत शुक्रबार मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा गर्ने क्रममा सेयर धितो कर्जाको जोखिमभार घटाउनुका साथै नीतिगत दरहरु कम गरेको थियो। बैंक, लगानी, जीवन बिमा, व्यापार र लघुवित्तबाहेकका उपसमूहले बिहिबार नेप्से बढाएका हुन्। अन्य समूहको सूचक सबैभन्दा धेरै १.५१ प्रतिशतले बढेको छ। बोटलर्स नेपाल बालाजु, हिमालयन लघुवित्त, नेपाल हाइड्रो डेभलपर्स लगायत ८ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। बिहाबार धेरै गुमाउनेमा गुराँस लघुवित्तका लगानीकर्ता छन्। यो कम्पनीको सेयर मूल्य ४.९८ प्रतिशतले घटेको छ। यस्तै ३ अर्ब १५ करोड १६ लाख रुपैयाँको सेयर किनबेच भएको छ। त्यसमध्ये १६ करोडको सेयर सोनापुर मिनरल्सको हो।

Comments

Popular posts from this blog

The share market history of Nepal

जुलाई–अगस्ट सेयर बजारका लागि गोल्डेन समय नै हो त ? विगतमा नेप्सेले प्रायः यही बेला टप लगायो